You are viewing the translated version of अनुसूची-४ (दफा १७ को उपदफा (२) को खण्ड (ग) सँग सम्बन्धित) कृषि तथा बन पैदावारमा आधारित उच्योग.
Schedule 4
अनुसूची-४ (दफा १७ को उपदफा (२) को खण्ड (ग) सँग सम्बन्धित) कृषि तथा बन पैदावारमा आधारित उच्योग
1. फलफूल खेती वा फलफूल प्रशोधन,
२. खाद्यवस्तुको उत्पादन र प्रशोधन तथा भण्डारण,
३. णगशुपालन, पक्षीपालन (अष्ट्रिच समेत), पशुपक्षी प्रजनन, चल्ला काड्ने व्यवसाय र मासु उत्पादन तथा प्रशोधन,
४. दूध उत्पादन तथा दुग्ध पदार्थ प्रशोधन उद्योग (दूधजन्य परिकार उत्पादन समेत),
5. मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ्ग,
६. कृषि उपज प्रमुख कच्चापदार्थ हुने पशुपक्षीको दाना उत्पादन उद्योग,
७. रेशम खेती तथा रेशम प्रशोधन,
8. चिया बगान, चिया प्रशोधन,
९. कफी खेती, कफी प्रशोधन,
१०. जडिबुटी खेती, जडिबुटी प्रशोधन,
११. तरकारी बीउ बिजन उत्पादन,
१२. तरकारी खेती, तरकारी प्रशोधन,
१३. हरित गृह (ग्रिन हाउस) स्थापना र सञ्चालन,
१४. मौरीपालन (मौरी “प्रजनन, मह उत्पादन र प्रशोधन),
१५. पुष्प खेती, पुष्प प्रशोधन (माला बनाउने, सजावट गर्ने, गुच्छा बनाउने र बीउ बिजन उत्पादन समेत),
१६. नर्सरी व्यवसाय, वनस्पति उच्चान स्थापना, संरक्षण तथा व्यवस्थापन, वनस्पति प्रजनन व्यवसाय (टिस्सु कल्चर समेत),
१७. रबर खेती, रबरको प्रारम्भिक प्रशोधन र सञ्चालन,
१८. शीत भण्डार, कृषि बजार सञ्चालन तथा व्यवस्थापन,
१९. सामुदायिक, कबुलियति, साझेदारी, निजी वन तथा कृषि वनको स्थापना र व्यवस्थापन, अन्य गैर काष्ठजन्य वन पैदावार,
२०. नगदेबालीको व्यावसायिक खेती तथा प्रशोधन (जस्तैः उखु, कपास, सनपाट, सजिवबन, स्वीट सरघम, स्टेभिया रेबौडिएन, सुर्ती, जुट, अलैँची, अदुवा, केशर, तेलहन, मसला बाली, दलहन आदि तथा तिनको बीउ उत्पादन),
२१. बेत, बाँस खेती, बेत बाँस तथा अन्य प्राकृतिक रेशाजन्य उत्पादनहरु,
२२. बीउ बिजन प्रशोधन,
२३. सःमिल, फर्निचर लगायतका काष्ठ उद्योग,
२४. पर्केटिङ्ग, सिजनिङ्ग, ट्रिटमेण्ट प्लाण्ट, प्लाइउड, कम्पोजिट, बोर्ड जस्ता काष्ठजन्य उद्योग,
२५. कागज, रेजिन लगायत अन्य गैर काष्ठजन्य वन पैदावरमा आधारित उद्योग,
२६. च्याउ, नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने उद्योग (टिस्यूकल्चर), एग्रोफरेष्ट,
२७. कपास खेती, कपास र कपासको बीउ उत्पादन तथा प्रशोधन गर्ने।
२८. कृषि प्रविधि तथा .यान्त्रिकीकरण ।